मह केवल मिठास होइन। यसको पछाडि मौरीपालक किसानको मेहनत, प्रकृति र महिनौँको हेरचाह जोडिएको हुन्छ।
अर्वानी प्रिमियम नेपाली मह नेपालका स्थानीय मौरीपालक किसानबाट छनोट गरी बजारमा ल्याइएको प्राकृतिक मह हो। हाम्रो उद्देश्य राम्रो उत्पादनलाई किसानबाट उपभोक्तासम्म विश्वासका साथ पुर्याउनु हो।

नेपालमा धेरै किसानले मौरीपालनलाई आफ्नो आम्दानीको स्रोत बनाउँदै आएका छन्। मौरीपालन तथा मह उत्पादनलाई प्रोत्साहन गर्न विभिन्न सरकारी तथा कृषि कार्यक्रममार्फत किसानलाई तालिम, उपकरण र अनुदानजस्ता सहयोग पनि उपलब्ध हुँदै आएका छन्।
अर्वानी फूड्सले यिनै मेहनती किसानबाट प्राप्त महलाई गुणस्तरका आधारमा छनोट गरी हजुरको घरसम्म पुर्याउने प्रयास गर्छ।
महको रङ, सुगन्ध, स्वाद र बाक्लोपन फूल, मौसम र मौरीले संकलन गरेको स्रोतअनुसार स्वाभाविक रूपमा फरक हुन सक्छ। यही प्राकृतिक विविधता नै महको विशेषता हो।
महमा प्राकृतिक रूपमा एन्जाइम, जैविक अम्ल तथा अन्य प्राकृतिक तत्वहरू पाइन्छन्। त्यसैले हामी महलाई अनावश्यक रूपमा धेरै प्रशोधन नगरी यसको प्राकृतिक स्वरूप र विशेषता कायम राख्नमा ध्यान दिन्छौँ।
हामी हरेक उत्पादनलाई बजारमा ल्याउनुअघि त्यसको स्रोत र गुणस्तरमा ध्यान दिन्छौँ। हाम्रो उद्देश्य सस्तो उत्पादनभन्दा राम्रो र विश्वसनीय उत्पादन रोज्ने उपभोक्तालाई गुणस्तरीय नेपाली खाद्यपदार्थ उपलब्ध गराउनु हो।
किसानको मेहनतको सम्मान गर्दै, राम्रो उत्पादनलाई हजुरको भान्सासम्म पुर्याउनु नै हाम्रो प्रयास हो।
स्थानीय किसानदेखि, हजुरको घरसम्म।
We are hiring FIELD SALES REPRESENTATIVE
Discover Arvani Premium Nepali Honey; natural, minimally processed honey sourced directly from local Nepali beekeepers to your home.
Learn how Arvani Foods sources carefully selected, high-quality food staples, supports local farmers, and brings trusted products to households across Nepal.
From the banks of the Saptakoshi River in Sunsari, Arvani Foods sources premium Nepali besar. Honest sourcing, real quality.